राष्ट्रपतिद्वारा नियुक्ति

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि
सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नियुक्ति

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुई न्यायाधीश नियुक्त गरेका छन् ।राष्ट्रपति पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका मुख्य न्यायाधीश निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेको शीतल निवासले जानकारी दिएको छ ।

राष्ट्रपतिद्वारा चीन र अमेरिकामा नयाँ नेपाली राजदूत नियुक्ति

राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले यसअघि नै संसदीय सुनुवाइ पूरा भइसकेका प्राडा कृष्ण प्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाको राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेको शीतल निवासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *