रविको बहस सकियो, केहीबेरमा आदेश आउँदै

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको बहस सकिएको छ । आइतबार कास्की अदालतमा बहस सकिएसँगै केहीबेरमा आदेश आउने भएको छ ।अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि लामिछानेलाई आइतबार पुनः म्याद थपको लागि अदालत लगिएको थियो ।

कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा रविको पक्षबाट ३ जना, सरकारी वकिल ३ जना र पीडित पक्षका २ जना वकिल ले बहस गरेका थिए । आइतबारको बहसमा न्यायाधीशले पनि धेरै पटक प्रश्न गरेका थिए ।
रवि पक्षका वकिलहरूले थुनिराख्नुपर्ने आधार  प्रमाण नभएकोले छोड्नुपर्ने माग गरे भने सरकारी वकिलहरूले थप अनुसन्धान आवश्यक पर्ने भएकोले म्याद चाहिने बताए ।
रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको थियो ।  उनीविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

यसैबिच सहकारी ठगी र संगठित अपराध आरोपमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *