डेंगु संक्रमण घट्दाे क्रममा

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालमा डेंगु संक्रमण घट्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता संक्रमण घट्दै गएको बताएकाेछ।

सरकारले डेंगुको संक्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ। महाशाखाका अनुसार अहिले नेपालमा ४२औं हप्ताबाट डेंगु संक्रमण घट्न थालेको हो।

नेपालमा अहिले डेंगु संक्रमणको ४५औं हप्ता चलिरहेको छ। महाशाखाले ४२औं हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३ औं हप्तामा दुई हजार दुई सय चार, ४४ औं हप्तामा एक हजार ७१ र ४५औं हप्ता चलिरहँदा ५५ जनामा मात्र संक्रमण देखिएको जानकारी दिएकाेछ। जाडो बढेसँगै डेंगु संक्रमण घटिरहेको छ, ४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन्।तर संक्रमण घटे पनि सावधानी अपनाउनु पर्छ महाशाखाले सचेत गराएकाेछ ।

अहिलेसम्म २९ हजार एक सय ५८ मा संक्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिए। उनका अनुसार डेंगु संक्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ। सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेंगु संक्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ।

उपत्यकामा छ हजारभन्दा बढीमा संक्रमण उपत्यकामा छ हजार छ सय १२ जनामा डेंगु संक्रमण देखिएको छ। काठमाडौंमा चार हजार पाँच सय ९५, भक्तपुरमा आठ सय ३१ र ललितपुरमा एक हजार एक सय ८६ जनामा डेंगु संक्रमण देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *