अमेरिकाको राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप रुसले अस्वीकार गरेको छ । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजय नजिक पुग्दा अमेरिकास्थित रुसी दूतावासले ‘अमेरिकी राष्ट्रपति चुनावमा मस्कोको हस्तक्षेप’ आरोप इन्कार गरेको हो ।
यसअघि अमेरिकी अधिकारीहरुले रुसी इमेल डोमेनमार्फत मतदान केन्द्रमा बम विस्फोटको झूठो खबर फैल्याईएको दाबी गरेका थिए ।अमेरिकी एजेन्सी एफबीआईले हिजो त्यस्तो जिकिर गरेपछि रुसले आज प्रतिक्रिया दिएको हो ।