साताको तेस्रो दिन आज नेप्से १.७६ प्रतिशतले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ अंकमा बन्द भएको छ । सोमबार २७.४१ अंकले नेप्से बढेको थियो ।
आज २२१ कम्पनीको सेयर मूल्य बढ्यो भने १७ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर किनबेच भएकाे छ ।
आज ६८ हजार ६१४ पटकको सेयर किनबेचबाट ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज सबै उपसमूहहरु बढ्यो ।सबैभन्दा बढी निर्जीवन बिमा ४५९.८०, जीवन बिमा २३६.०५, होटल तथा पर्यटन १७९.०८ र विकास बैंक १२१.६९ अंकले बढेको छ ।