अखण्ड बचत तथा ऋण सहकारी संस्था लि. कलंकीले शनिवार १६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दामोदर लम्सालको सभापतित्वमा सभा सम्पन्न भएको हाे ।
साे सभाले अध्यक्षद्वारा प्रस्तुत संस्थाको आव २०८०/०८१ वार्षिक प्रतिवेदन तथा आव २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ । त्यसैगरी, आव २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन ,२०८०/०८१ मा संस्थाले गरेको निर्णय अनुमोदन , चालूआव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा लेखा परिक्षककाे पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पारित भएका छन् ।
चालू आवमा संस्थाको शेयर पुँजी ४ करोड ७४ लाख १६ हजार २०० रुपैयाँ हुँदा बचत हिसाब १५ करोड १८ लाख २९ हजार १६५ रुपैयाँ ७९ पैसा रहेकाे जानकारि सभामा दिइयाे । कर्जा सापटी १९ करोड ५२ लाख २७ हजार ३६५ रुपैयाँ ७२ पैसाको भइरहँदा चालू आवमा संस्थाको कुल कारोबार २७ करोड ३४ लाख ८४ हजार ५२१ रुपैयाँ ५३ पैसाको हुन गएकाे बताइकाे छ ।
सभामा नेफ्स्कुन, कास्कुन, सहकारी अभियन्ता जनप्रतिनिधि,संस्था सङ्ग आबद्ध कारोबारी लगायतको सहभागिता रहेको थियो । साथै, अन्य विविध कार्यक्रम गर्दै साधारण सभा सम्पन्न भएको छ ।