मेलम्चीकाे ८ कराेड लिटर पानी वाग्मतीमा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मेलम्चीबाट सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा क्षमताभन्दा बढी पानी आएपछि ८ कराेड लिटर पानी वाग्मतीमा छाडिएको छ ।मेलम्ची नदीबाट अहिले दैनिक २५ करोड लिटर पानी आइरहेको छ । जसमध्ये करिब १८ करोड लिटर पानी प्रशोधन गरी उपत्यकामा वितरण गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ ।

तीन महिनाअघि बन्द भएको मेलम्चीको पानी  काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहानबाट सुरुङमा पठाइएको पानी वितरणको शुभारम्भ खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रमा गरेका थिए ।

‘प्रशोधन केन्द्रको क्षमता १७ देखि १८ करोड लिटर हो भएकाेमा  बढी पानी आएपछि वाग्मतीमा पठाइएको हो समिति ले जनाएकाे छ ।  पहिला वाग्मतीबाट ५ करोड पानी प्रशोधन केन्द्रमा ल्याइने गरेकाेमा हाल साे बन्द गरि अहिले पानिकाे समस्या नभएकाले बढी भएकाे पानि   वाग्मतीमा छाडिएकाे र यसले  नदीको बहाव पनि बढाएको सिमितले जनाएकाे छ ।

उपत्यकामा पानीको माग दैनिक ४७ करोड लिटर छ । पर्याप्त पानी भए पनि भौतिक संरचना नहुँदा बढी पानी वाग्मतीमा बगाइएको हो । मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गरेको चार वर्ष बित्न लाग्दा पनि सरकारले काठमाडौं उपत्यकामा निरन्तर पानी पठाउने योजना बनाउन भने सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *