माओवादी,रास्वपा र राजावादी समूहले काठमाडौँमा छुट्टाछुट्टै विरोध प्रदर्शन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

शनिवार काठमाडौँमा दुई राजनीतिक दलका साथै राजावादी समूहले सडक प्रदर्शन गर्दैछन् । नेकपा माओवादी केन्द्रले सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध विशेष ‘खबरदारी सभा’ गर्दैछ ।

बिहान साढे ११ बजे माओवादीका कार्यकर्ताहरूले भद्रकाली, सुन्धारा, काठमाडौँ मल अगाडि भेला भई ती स्थानबाट जुलुस निकाल्दैछन् । जुलुसले रत्नपार्क, बागबजार, पुतलीसडक, र पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकसम्म प्रदर्शन गर्ने तयारी छ ।

राष्ट्रिय सभागृह अगाडिको सडकमा सभास्थल बनाइएको छ । जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलका सभापति रवि लामिछानेलाई सरकारले झुठा मुद्दामा फसाएको भन्दै कीर्तिपुरस्थित त्रिवि गेट अगाडि केन्द्रित भई विरोध प्रदर्शन गर्दैछ । आजै सो दलले पोखरा र भरतपुर चितवनमा पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।

यस्तै आजै काठमाडौँमा राजावादी समूह ‘शाही युवा शक्ति, नेपाल’ ले गणतन्त्रको विरुद्धमा प्रदर्शन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासन राख्न आह्वान गर्दै गोङ्गबु बसपार्कबाट नारायणहिटी राजदरबारसम्म र्‍यालीको आयोजना गर्दैछ ।

‘गणतान्त्रिक व्यवस्था खारेज गरौँ, ज्ञानेन्द्र सरकारको तेस्रो पटक राज्यारोहणका लागि जनदबाब सिर्जना गरौँ’ भन्ने नाराका साथ हुने यो र्‍यालीमा राष्ट्रिय झन्डासहित विरोध र्‍याली हुँदैछ । गोङ्गबु बसपार्कबाट र्‍याली सुरु गरी नारायणहिटी राजदरबारसम्म  प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

विरोध प्रदर्शनले काठमाडौँको यातायात प्रभावित, प्रदर्शनीमार्ग छिर्ने सडक बन्द

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले काठमाडौँमा सरकारविरुद्ध गरिरहेको विरोध प्रदर्शनका कारण सडक यातायात प्रभावित भएको छ । प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहअगाडिको सडकमा मञ्च बनाएका कारण सो बाटोमा सवारी निषेध गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीले जानकारी दिए ।

यस्तै सुनधारा, रत्नपार्क, बागबजार, पुतली सडक क्षेत्रमा पनि सडक जुलुसका कारण यातायात प्रभावित भएको छ । जुलुस रहँदासम्म यी सडकमा  यातायात अवरुद्ध हुने कार्कीले बताए ।

काठमाडौँमा अन्य स्थानमा भने सवारी आवागमनमा कुनै प्रभाव नपर्ने उनले बताए । शनिवार काठमाडौँमा माओवादी केन्द्रले सरकारको कामकारबाहीका विरुद्ध विरोध प्रदर्शन गर्दै छ । विरोध प्रदर्शनमा ३० हजार हाराहारी कार्यकर्ता सहभागी हुने माओवादी केन्द्रले दाबी गरेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको सभापति रवि लामिछानेलाई सरकारले फसाएको भन्दै थुनामुक्त माग गर्दै टीयू गेट तीनकुनेमा विरोध प्रदर्शन गर्दै छ ।
उता राजावादी समूह शाही युवा शक्तिले पूर्वाराजा ज्ञानेन्द्रको पुर्नवहालीको माग गर्दै गोगंवु बसपार्कदेखि नारायणहिटीसम्म विरोध प्रदर्शन गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *