गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी खनाल पक्राउ

अर्थ मुख्य समाचार राजनिति समाचार

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट एक जनालाई आज पक्राउ गरेको सिआइबीले जनाएकाे छ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका-८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल छन्।उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालन एवं शेयरधनी रहेको बताइएकाे छ।

खनाललाई सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि पक्राउ गरिएको हो। खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइ सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *