रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । सङ्गठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट थप ७ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

यस्तै प्रहरीले पूर्वडीआइजी छविलाल बन्जाडे (जोशी) र लीला पछाई विरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने भएको छ । तिनै जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलले अनुमति दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई थप २५ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीले आरोपीहरूको सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान गर्नेछ ।

उनीहरु विरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ । जीवी राई, पूर्व डीआईजी छविलाल जोशी र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत टेलिभिजन सञ्चालन गरेका थिए ।

गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका थिए ।

रास्वपाले सरकार विरुद्ध भाेली माइतीघर मण्डलामा बिराेध प्रदर्शन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केपी ओली नेतृत्व सरकारविरुद्ध भाेली  काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *