एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा काठमाण्डाैमा सम्पन्न सभाले चुक्ता पूँजीको १० शेयर बराबर ६.२५६ शेयर अुनपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाबाट हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने बताएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले विशेष साधारणसभा प्रयोजनार्थ गतअसोज २२ गते १ दिनका लागि बुक क्लोज गरेको थियो ।