गृह मन्त्रालयले चितवन जिल्ला प्रशासन कार्यालय प्रमुख (सीडीओ) इन्द्रदेव यादवलाई मन्त्रालयमा तानेकाे छ । रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए । उक्त घटना रोक्न नसकेको भन्दै दबाब बढेपछि सीडीओ यादवलाई गृहमा तानिएको हो ।यादवकाे ठाउमा मन्त्रालयले प्रकाश पौडेललाई पठाएको छ ।
त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई पनि तानेको छ । एसपी रिमाललाई काज सरुवा गरेर मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ । कार्यक्षमता कमजोर देखिएपछि रिमाललाई फिर्ता गरेर एसपी गौतमलाई पठाईएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।