रास्वपाको आन्दोलन राजनैतीक नभै लामिछाने क्लबका सदस्यहरूको अराजक भिड हाे

अर्थ मुख्य समाचार राजनिति

काठामाडौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले आफू एक्लै भए पनि पार्टी सिद्धान्तको अस्तित्व  बचाएर बसेको दाबी गरेका छन् । उनले  फेसबुकमा स्टाटस लेख्दै कास्कीमा भएको आन्दोलन रास्वपाको नभएर रवि लामिछाने क्लबको भएकाले मिडियाले पनि त्यहीअनुसार बुझ्न आग्रह गरेका छन् । 

उनले  ‘कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो ।’ ढकालले कानून भन्दा माथि कोही नभएको बताउँदै राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर आफू अडिग भएको लेखेका छन । 

उनकाे पुरा स्टाटस : ‘म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक । पार्टीको खास नाम अनुसार । आज रास्वपाको कोही छ त, म छु । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानुन भन्दा माथि कोही छैन र राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु । कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो । रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा ‘विधिको शासन’ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *