प्रदर्शनीको तयारीमा ‘मिसिङ : केटी हराएको सूचना’

अर्थ मनराेञ्जन मुख्य समाचार समाचार सुचना/प्रबिधि

 चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । प्रवर्धन सामग्रीमा नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा प्रेमका उतारचढाव देखाइएको छ । नाजिर र सृष्टिको सम्बन्ध अघि बढ्ने क्रममा प्रेममा थप सङ्घर्षलाई प्रस्तुत गरिएको छ । सो चलचित्र कात्तिकको अन्तिम हप्ताबाट प्रदर्शनमा लैजाने तयारी निर्माण पक्षको छ ।

चलचित्रको निर्देशक दीपेन्द्र गौचनले गरेका छन  । ३२ वर्षअघि निर्माण गरिएको ‘डकुड्रामा’ ‘उजेली’ का निर्देशक गौचनले नै ‘मिसिङ : केटी हराएको सूचना’ को कथा, स्क्रिप्ट लेखन र निर्माण समेत गरेका छन  ।

चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, अमितेष शाह र ओमप्रकाश कर्णको अभिनय रहेकाेछ । ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको कार्यकारी निर्माता नकिम उद्दिन छन भने चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शङ्कर महर्जनको द्वन्द्व र करुण थापाको सङ्गीत रहेकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *