सहकारी छानबिन समितिले गभर्नरसँग छलफल गर्ने

अर्थ मुख्य समाचार राजनिति समाचार

सहकारी छानबिन संसदीय विशेष समितिले गभर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गर्ने भएको छ ।समितिको अर्को बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ ।

उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघ र कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष तथा पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ । समितिले यसअघिको बैठकमा गृह सचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *