प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने एमाले सांसदहरुको माग

राजनिति समाचार

प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने एमाले सांसदहरुको माग

नेकपा (एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन् । सांसदहरुले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकाले सरकारमा बसिरहन नैतिक आधार नभएको बताएका छन् ।

सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै छिटोभन्दा छिटो बलियो सरकार आवश्यक भएको सांसदहरुको भनाइ छ । बैठकमा बोल्दै नेकपा(एमाले) कि सांसद विद्या भट्टराईले काम गर्नसक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भट्टराईले भन्नुभयो – ‘बाढी पहिरो र डुबानबाट बिस्थापित भएका तथा जोखिममा रहेका पीडित र प्रभावितहरुका लागि आवश्यक संरक्षण, राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्छ । तर आज सरकार कहाँ छ रु के छ भन्ने कुरामा हामी सबै प्रश्न र मौन भएर बस्ने स्थिति बनेको छ । सरकारलाई काम गर्न सक्ने बनाउनका लागि अब नयाँ सरकारलाई जिम्मेवारी दिनका लागि हामी तयार हुनुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *